बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले विभाजन रोक्न दौडधुप : ईश्वर पोखरेल शितल निवासमा, नेपाल पक्षका नेता बालुवाटारमा

एमाले विभाजन रोक्न दौडधुप : ईश्वर पोखरेल शितल निवासमा, नेपाल पक्षका नेता बालुवाटारमा

पार्टी विभाजन रोक्न एमालेका नेताहरुले सक्रियता बढाएका छन्।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं- पार्टी विभाजन रोक्न एमालेका नेताहरुले सक्रियता बढाएका छन्। केही दिनदेखि नेताहरू विभिन्न चरणमा छलफल गरिरहेका छन्।

विशेष गरेर एमालेको दोस्रो तहका नेताहरूको सक्रियता निकै बढेको छ। अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र उनीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरूले छलफललाई तिव्रता दिएका छन्।

बालुवाटारमा ओलीसहित उनी पक्षीय नेता सुवास नेम्वाङ र विष्णु पौडेलसँग नेपाल पक्षका घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले छलफल गरिरहेका छन्।

ओली पक्षका उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेको स्रोतले बताएको छ।

पौडेलले यसअघि बिहीबार मात्रै सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका थिए भने नेता भट्टराईसँग ईश्वर पोखरेलले छलफल गरेका थिए। आजै प्रधानमन्त्री केपी शर्मा ओलीले नेता गोकर्ण विष्टलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।

दोस्रो तहका नेताहरू मात्रै नभएर एमाले विभाजन रोक्न रास्ट्रपतिले पनि सक्रियता लिएकी छन्। बिहीवार रास्ट्रपतिले प्रधानमन्त्री ओलि र एमाले नेता माधव नेपालसँग छलफल गरेकी थिइन्।

प्रकाशित: May 07, 2021| 14:05 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।