बिहीबार, भदौ ११, २०८३

देउवा र दाहालबीच बूढानीलकण्ठमा छलफल जारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ।
सभामुख अग्नि सापकोटालाई भेटेर सिधै दाहाल देउवासँग छलफल गर्न बूढानीलकण्ठमा पुगेका हुन्।

प्रधानमन्त्री कोपी शर्मा ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनबाट विश्वासको मत लिने भएपछि यसबारे छलफल गर्न दाहाल बूढानीलकण्ठ  पुगेका हुन्।

यसअघि लगातार बुधबार साँझ प्रधानमन्त्री ओली र उनी निकट नेताहरु, हिजो (बिहीबार) एमाले नेता माधव नेपाल र उनी निकट नेताहरु देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए।

ओलीले आफूलाई विश्वासको मत दिन देउवासँग आग्रह गरेका थिए। देउवासहित नेपाली कांग्रेसका नेताहरुले ओलीलाई विश्वासको मत दिन नसकिने जनाउ दिएका थिए। 

बिहीबार साँझ पुगेका नेता माधव नेपालले पनि ओलीलाई विश्वासको मत पुग्न नदिने गरी वातावरण बनाउनेबारे छलफल गरेका थिए।

आजको छलफलमा ओलीलाई विश्वासको मत नदिने, बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा कुराकानी हुन लागेको बताइएको छ।

प्रकाशित: May 07, 2021| 13:00 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।