बिहीबार, भदौ ११, २०८३

आईसीयू र भेन्टिलेटरमा ९५९ जना कोरोना संक्रमित

कोरोना संक्रमित बढेसँगै आईसियु र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढेको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं– कोरोना संक्रमित बढेसँगै आईसियु र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकआनुसार देशभर हाल ९५९ कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। जसमा ७२८ जना आईसीयू र २३१ जना भेन्टिलेटरमा छन्।

प्रदेश १ मा १०४ जना आइसियूमा र १९ भेन्टिलेटरमा, प्रदेश २ मा ४६ जना आइसीयूमा र १२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै ३७९ जना आइसीयूमा र १३९ जना भेन्टिलेटरमा छन्। 

त्यस्तै गण्डकी प्रदेशमा ६३ जना आइसीयू र १४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७४ जना आइसीयू र २२ जना भेन्टिलेटरमा, कर्णालीमा ३३ जना आइसीयू र १२ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा २९ जना आइसीयू र १३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित: May 07, 2021| 12:07 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।