बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीमा कोभिड नियन्त्रण गर्न सरकार असफल : विपक्षी गठबन्धन 

लुम्बिनीमा कोभिड नियन्त्रण गर्न सरकार असफल : विपक्षी गठबन्धन 

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धन दलले कोभिड–१९को महामारी नियन्त्रणमा प्रदेश सरकार असफल भएको आरोप लगाएको छ। 
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

बुटवल– लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धन दलले कोभिड–१९को महामारी नियन्त्रणमा प्रदेश सरकार असफल भएको आरोप लगाएको छ। 

शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी संसदीय दलका नेताहरुले अहिलेको अवस्था आउनुमा लुम्बिनी प्रदेश सरकारको लाचारीपना, लापरबाही र असक्षमता भएको आरोप लगाएका हुन्। कोरोना भाइरसको दोस्रो चरणको माहामारीका कारण जनजीवन भयावह अवस्थामा पुगेको जनाउँदै तत्काल व्यवस्था गर्न सक्ने सेवाहरुलाई यथाशिध्र छिटो प्रवाह गर्न ध्यानाकर्षण गराइएको छ। 

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा पूर्व मन्त्री कुल प्रसाद केसी, नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरुद्धिन खांन, जसपा नेपालका सचेतक पुर्मती ढेंगामगर र राजमोका तारा जिसीद्धारा जारी विज्ञप्तीमा संक्रमितहरु सामान्य अक्सिजन समेत नपाएर मर्न बाध्य भएका घटनाहरुले  गठबन्धन दललाई गम्भिर बनाएको उल्लेख छ।

मुख्यमन्त्री शंकर पोखरेललाई आईसियु वेड र भेन्टिलेटर वेडको विस्तार र अक्सिजनको व्यवस्था गर्नुपर्ने ठाउँमा दुई दिनमा ४ जनालाई स्वास्थ्य मन्त्री फेरबदल गरी सपथ ग्रहण गराई मन्त्री पद बाँड्नमा व्यस्त रहेको आरोप लगाइएको छ। 

गठबन्धन दलले सबै सरकारी जिल्ला स्तरका अस्पताल नेपालगन्जको प्रहरी र आर्मी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी ८५० एचडियु वेड निर्माण गर्न, बुटवल, नेपालगन्ज र दाङको भयावह अवस्थालाई मध्यनजर गरी देवदह मेडिकल कलेज वा क्रिमसन अस्पताल, कोहलपुर मेडिकल कलेजलाई पूर्ण कोभिड अस्पतालको रुपमा रुपान्तरण गरी तत्काल ३५० आईसियु वेड र भेण्टिलेटरको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।


 

प्रकाशित: May 07, 2021| 11:46 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।