काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणका मुख्य अभियुक्त भनिएका शोभाकान्त ढकाललाई थुनामुक्त गर्ने–नगर्नेबारे सर्वोच्च अदालतका दुई जना न्यायाधीशको राय बाझिएको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको राय बाझिएको हो। खतिवडाको राय तीन करोड धरौटी लिएर ढकाललाई छाड्नुपर्ने भन्ने रहेको थियो भने भट्टराईले छाड्न नहुने बताएका छन्।
दुवै न्यायाधीशको संयुक्त इजलासमा आज मुद्दाको सुनुवाइ भएको थियो। राय बाझिएपछि अब उक्त मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा जाने भएको छ।



