बिहीबार, भदौ ११, २०८३

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्‍को बैठक बोलाएका छन्। आइतबारका लागि प्रधानमन्त्री ओलीले परिषद्को बैठक बोलाएका हुन्।

संवैधानिक परिषद्सम्बन्धी दोस्रोपटक विवादास्पद अध्यादेश जारी गरेपछि उनले बैठक बोलाएका हुन्। 

संवैधानिक निकायमध्ये लोकसेवा आयोगमा पदाधिकारीहरू खाली छन् भने समावेशी आयोग, निर्वाचन आयोगमा पनि पदाधिकारी रिक्त छन्। 

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी हुने/नहुने टुंगो छैन। 

परिषद्‍मा दुई वा दुई भन्दा बढी सदस्य मात्रै भएर पनि निर्णय गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याएर यसअघि नै रिक्त निकायमा नियुक्ति गरिसकिएको छ। दलहरूले यसको विरोध गर्दै आइरहेका छन्।

परिषद्‍मा प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था छ। 

प्रकाशित: May 07, 2021| 11:27 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।