बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अल्लाहको कृपाले पाकिस्तानको हालत भारतको जस्तो भएन : प्रधानमन्त्री खान

अल्लाहको कृपाले पाकिस्तानको हालत भारतको जस्तो भएन : प्रधानमन्त्री खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान सरकारले समयमै ध्यान नदिएको भए पाकिस्तानको अवस्था पनि भारतकै जस्तो हुने बताएका छन्।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान सरकारले समयमै ध्यान नदिएको भए पाकिस्तानको अवस्था पनि भारतकै जस्तो हुने बताएका छन्। ‘समयमै स्वास्थ्य क्षमता र सेवा विस्तार नगरेको भए पाकिस्तानको हालत पनि भारतकै जस्तो हुन्थ्यो,’शुक्रबार खानले भनेका छन्।

National life

उनले भारतमा कोरोेना भाइरसको संक्रमणले उग्र रुप लिएको भन्दै पाकिस्तानमाथि भने अल्लाहले कृपा गरेका कारण दुर्गति भोग्नु नपरेको बताए। ‘महामारीबाट बच्न सबैले मास्क लगाऔं, अहिले जुन अवस्था भारतमा छ, त्यस्तो अवस्था नआओस्,’ उनले भनेका छन्, ‘भारतमा अक्सिजन र बेडको अभाव र सडकमा छटपटिएर मृत्युवरण गरिरहेका छन्। यसबाट हामीले सिक्नुपर्छ।’

उनले कोरोनाको दोस्रो लहरसम्म पुग्दा अल्लाहले पाकिस्तानलाई साथ दिएको बताएका छन्। ‘कोरोनाको तेस्रो लहर अति घातक छ, हामीले स्वास्थ्य क्षमता दोब्बर नगरेको भए भारतकै जस्तो नाजुक अवस्था हुन्थ्यो। आउने दुई साता हाम्रो लागि निकै चुनौतिपूर्ण छन्। सबैले  स्वास्थ्य मापदण्डको पूर्ण पालना गरौं,’ उनले भनेका छन्।

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार जना भाइरसका नयाँ संक्रमित फेला परेका छन् भने ३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ।
 

प्रकाशित: May 07, 2021| 06:30 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।