सोमबार, जेठ ४, २०८३

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा स्थगित

चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

National life

काठमाडौं – चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ। चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि लिइने एकीकृत प्रवेश परीक्षा आयोगले सूचना प्रकाशित गरेर स्थगित गरेको हो।

चिकित्सा शिक्षामा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि लिइने एकीकृत प्रवेश परीक्षामा सम्मिलित हुन अनलाइनमार्फत फाराम भर्ने परीक्षार्थीको परीक्षा कार्यक्रम स्थगित गरिएको आयोगले सूचनामार्फत जनाएको छ। गत वर्ष सञ्चालन हुनु पर्ने परीक्षा कोभिड १९ का कारण प्रभावित हुन पुगेको छ।

नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई लेखिएको पत्रमा कोभिड १९ को सक्रमणको दर सामान्य अवस्थामा आएको खण्डमा र नेपाल सरकारबाट निषेध आदेश निस्क्रिय भएमा मात्र परीक्षा सञ्चालन हुन सक्ने भन्ने उल्लेख गरिएको हुनाले सो परीक्षा स्थगित गरिएको आयोगले जनाएको हो। परीक्षा स्थगित भएसँगै प्रवेश परीक्षाको तयारी गरेका विद्यार्थीमा थप अन्योलता सृजना भएको छ।

प्रकाशित: May 07, 2021| 05:07 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्