आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कक्षाकोठामै ११ वर्षीया छात्राले गाेली चलाउँदा तीन जना घाइते, बाइडेनले गरे यस्तो घोषणा

कक्षाकोठामै ११ वर्षीया छात्राले गाेली चलाउँदा तीन जना घाइते, बाइडेनले गरे यस्तो घोषणा

अमेरिकास्थित एक विद्यालयकी ११ वर्षीया छात्राले गोली चलाउँदा दुईजना विद्यार्थी र एकजना विद्यालयका कर्मचारी घाइते भएका छन्।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं - अमेरिकास्थित एक विद्यालयकी ११ वर्षीया छात्राले गोली चलाउँदा दुईजना विद्यार्थी र एकजना विद्यालयका कर्मचारी घाइते भएका छन्। ती छात्रा आइडाहो राज्यको बोइस सहरस्थित रिग्बी मिडल स्कुलमा अध्ययनरत हुन्। 

उनले झोलामा रहेको पेस्तोल निकालेर कक्षाभित्र अन्धाधुन्ध गोली चलाएको प्रहरी अधिकारीको भनाइ छ। प्रहरीका अनुसार सो विद्यालयकी शिक्षिकाले उनलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएकी हुन्। 

ती विद्यार्थीले किन गोली चलाएकी हुन् भन्ने अनुसन्धानकै क्रममा छ। घटनाको एफबीआई र स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ। 

घटनापछि राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रणमा कडाइ गर्ने घोषणा गरेका छन्। बीबीसी

प्रकाशित: May 07, 2021| 04:03 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।