बुधबार, चैत ११, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सट्टेबाजीको आरोप लागेका पूर्वकप्तान थापासहित ६ जनालार्इ सफाइ 

सट्टेबाजीको आरोप लागेका पूर्वकप्तान थापासहित ६ जनालार्इ सफाइ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) मा अनलाइन सट्टेबाजीको आरोप लागेका छ जनालार्इ सफाइ दिइएको छ । 

विशेष अदालतले राष्ट्रिय फुटवल टिमका पूर्वकप्तान सागर थापासहित ६ जनालार्इ बिहीबार सफाइ दिएको हो । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनीहरुलार्इ सफाइको फैसला गरेको हो ।

अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिने फैसला गरेको हो ।

म्याच फिक्सिङको आरोपमा आजीवन प्रतिबन्ध झेलिरहेका पूर्व राष्ट्रिय फूटबल खेलाडी अञ्जन केसी, पूर्वकप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा र विकास सिंह क्षेत्रीलार्इ आईपीएलमा बेटिङ (सट्टेबाजी) लगाएको अभियोगमा जेठ १५ गते पक्राउ गरी राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरिएको थियो ।

उनीहरूलाई विश्व फूटबलको नियमनकारी निकाय फिफाले आजीवन प्रतिबन्ध लगाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।