आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना आशंकामा आफूखुसी औषधि खाँदा भारतमा एकै परिवारका ८ जनाको मृत्यु

कोरोना आशंकामा आफूखुसी औषधि खाँदा भारतमा एकै परिवारका ८ जनाको मृत्यु

डाक्टरसँग सल्लाह नगरी औषधि सेवन गर्दा भारतमा एकै परिवारका ८ जनाको मृत्यु भएको छ। औषधि खाएका ५ जनाको अवस्था गम्भीर छ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

एजेन्सी- डाक्टरसँग सल्लाह नगरी औषधि सेवन गर्दा भारतमा एकै परिवारका ८ जनाको मृत्यु भएको छ। औषधि खाएका ५ जनाको अवस्था गम्भीर छ।

National life

भारतको छत्तीसगढ बिलासपुरको एकै घरका १३ जनाले कोरोना भाइरस संक्रमण भएको आशंकामा डाक्टरसँग कुनै सल्लाह नगरी औषधि सेवन गर्दा मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुले बिना कुनै सल्लाह अल्कोहलको मात्रा अत्यधिक भएको औषधि सेवन गरेको हुनसक्ने अनुमान गरिएको छ।

ओषधि सेवन गरेको केहीबेरमा उनीहरुको स्वास्थ्य बिग्रिनुका साथै एकैपटक ८ जनाको ज्यान गएको थियो। गम्भीर बिरामी परेका ५ जनालाई अस्पताल लगिएको छ।

मृतकमध्ये ४ जनाको दाहसंस्कार बुधबार राति नै गरिएको थियो। उक्त क्षेत्रको एक अस्पतालका चिफ मेडिकल अफिसरले घरेलु औषधि सेवन नै मृत्युको कारण हुनसक्ने बताएका छन्। 

‘अल्कोहलको मात्रा अत्यधिक भएको घरेलु औषधि सेवन नै मत्युको कारण हुनसक्छ,‘घटनाबारे अध्ययन भइरहेको छ’, उनले भनेका छन्।

प्रकाशित: May 06, 2021| 10:14 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।