शुक्रबार, कात्तिक २८, २०८२

बदलिएकी अनुष्का : भाइरल बन्दै विराटसँगको त्याे विज्ञापन

अभिनेत्री अनुष्का शर्मा बलिउडमा प्रवेश गर्नुअघि सफल मोडल थिइन्। थुप्रै टप डिजाइनरहरुसँग उनले काम गरिसकेकी थिइन्।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं– अभिनेत्री अनुष्का शर्मा बलिउडमा प्रवेश गर्नुअघि सफल मोडल थिइन्। थुप्रै टप डिजाइनरहरुसँग उनले काम गरिसकेकी थिइन्। थुप्रै चर्चित विज्ञापनमा देखा परिसकेकी थिइन्। तर, उनलाई अभिनेत्रीको पहिचान पाउन मुश्किल थियो। 

National life

यतिखेर सामाजिक सञ्जालमा अनुष्काको केही पुरानो विज्ञापन भिडियो भाइरल भइरहेको छ, जसमध्ये एकमा क्रिकेटर विराट कोहली पनि देखिएका छन्। टिभीमा कुनैबेला खुब देखाइएका यी भाइरल विज्ञापनमा अनुष्कालाई चिन्नै मुश्किल पर्छ। अहिलेभन्दा विल्कुल फरक देखिन्छिन्। 

अभिनयमा प्रवेश गर्नुअघि अनुष्काले मोडलिङको दुनियाँमा धुम नै मच्चाइन्। उनले देशका थुप्रै टप डिजाइनरका लागि ¥याम्पमा हिँडिन्। अञ्जना सुखानीदेखि लिएर रणविजय सिंहसम्म उनले विज्ञापनमा काम गरिन्। तर उनको भाग्य  त्यसपछि बदलियो, जब उनी विराट कोहलीसँग एक विज्ञापनमा देखा परिन्। त्यही विज्ञापनको दौरान उनीहरुबीच प्रेम सुरु भएको थियो। 

त्यही विज्ञापनको दौरान अनुष्का र विराटको पहिलो भेट भएको थियो। मित्रतासँगै उनीहरुको मिलेको केमेस्ट्रीको चर्चा बजारमा चल्न थालेको थियो। अनुष्काले बताएअनुसार सुरुमा उनलाई विराट निकै जिद्दी स्वभावको लागेको थियो तर पछि काम गर्दै जाँदा मनको सफा लाग्न थाल्यो। 

त्यसपछि उनीहरुको दोस्ती ‘डिनर’ सम्म पुग्यो र बजारमा सुरु हुन थाल्यो अफेयरको चर्चा। केही वर्ष डेट गरेपछि उनीहरुले बिहे गरे। 

Laxmi sunrise bank
kumari

विराटसँगको त्यो विज्ञापनका अलावा अनुष्काले कैयौँ विज्ञापन गरिन्, तर अहिले भाइरल भइरहेको त्यो विज्ञापन भने चाखलाग्दो छ।

हेर्नुस् विज्ञापन

प्रकाशित: May 06, 2021| 07:51 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्