सोमबार, जेठ ४, २०८३

राति किन बन्छ पेटमा ग्यास?

राति सुतेको समयमा केही मानिसमा बेचैनी हुन्छ। कहिलेकाही पेट सुन्निने जस्तो महसुस हुन्छ। जसले गर्दा राम्रोसँग निन्द्रा पनि लाग्दैन। यस्तो हुनुको कारण पेटमा ग्यास बन्ने समस्या हुनसक्छ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

राति सुतेको समयमा केही मानिसमा बेचैनी हुन्छ। कहिलेकाही पेट सुन्निने जस्तो महसुस हुन्छ। जसले गर्दा राम्रोसँग निन्द्रा पनि लाग्दैन। यस्तो हुनुको कारण पेटमा ग्यास बन्ने समस्या हुनसक्छ।

National life

पेटमा ग्यास जम्मा हुँदा मानिसमा बेचैनी हुनुका साथै पेट सुन्निने समस्या हुन्छ। यो समस्या आम भए पनि दु:ख दिनेगर्छ। कहिलेकाही पेटमा ग्यास भरिँदा दुख्ने पनि गर्छ।

राति आवश्यकता भन्दा बढी खाना खाँदा यस्तो समस्या हुनेगर्छ। आवश्यकता भन्दा बढी खाना खाँदा पेटमा ग्यास जम्मा हुन्छ। त्यसैले सन्तुलित आहार खानुपर्छ।

रातिको खानामा हाई फाइबर फूड (बीन्स, मटर, ब्रोकाउली, केरा, स्याउ, एवोकाडो) खाँदा ग्यासको समस्या हुन्छ। हाई फाइबर फूड युक्त खानेकुरा खाँदा पाचनमा समय लाग्छ। त्यसैले राति त्यस्ता चिज खानु हुँदैन।

रातमा पेटमा ग्यास हुनबाट जोगिनका लागि २०-२५ मिनेट घर बाहिर डुल्ने। यो स्वास्थ्यका लागि निकै राम्रो बानी हो। यसले खाना अपच हुने समस्याबाट पनि जोगाउँछ। राति राम्रो निन्द्रा पाउनका लागि खाना खाइसकेपछि केही बेल घर बाहिर आजनमै भए पनि एकछिन डुल्नुपर्छ।

कहिलेकाही कम पानी पिउँदा पनि राति पेटमा ग्यास जन्मे गर्छ। हामी दिनभर त पानी पिइरहेका हुन्छौं। राति खाना खाइसकेको केही बेरमा दुई गिलास पानी पिउने गर्नुपर्छ। यसले ग्यास जम्ने समस्याबाट राहत दिनुका साथै राम्रो निन्द्रा लाग्छ।

रातिको खाना खाइसकेपछि एकै ठाउँमा धेरै बेर बस्नु हुँदैन। किनकि यसले ग्यासको समस्या पैदा गर्न सक्छ। अहिले कोरोना महामारी छ। यस्तो बेला धेरै मानिस घरबाट एउटै ठाउँमा बसेर काम गरिरहेका हुन्छन्। त्यसैले बेला-बेला घरमै भए पनि हिड्नुपर्छ।

प्रकाशित: May 06, 2021| 02:19 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्