सोमबार, चैत ९, २०८२

नर्भिक इन्टरनेसनल हस्पिटल ‘कोभिड अस्पताल’मा रुपान्तरण 

नर्भिक इन्टरनेसनल हस्पिटल  ‘कोभिड अस्पताल’को रूपमा रुपान्तरण भएको जनाएको छ।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं – नर्भिक इन्टरनेसनल हस्पिटल  ‘कोभिड अस्पताल’को रूपमा रुपान्तरण भएको जनाएको छ। नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’को रूपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गरेको दुई हप्ता भन्दा धेरै भइसकेको जनाएको छ। 

National life

नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले बिरामीको अनुरोधलाई मध्यनजर गर्दै कोभिड अस्पतालमा रुपान्तरण गरिएको बताए। 

नेपाल समयसँग उनले भने, 'प्रधानमन्त्रले ठूला अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरणका लागि घोषणा गर्नुअगाडि नै हामीले कोभिडका बिरामीको उपचार गरिरहेका थियौं।'

प्रवक्ता बास्तोलका अनुसार  हाल नर्भिक अस्पतालमा उपलब्ध १ सय ३५ सैय्या मध्ये ९० सैय्या कोभिडमा रुपान्तरित गरिएको छ। जस मध्य ३५ सैय्या आइसियू बेड छन्। ती सबै बेड बिरामीले भरिएका छन्। नर्भिकले सरकारले तोकेकै दरमा उपचार गरेको उनले बताए।

सरकारले कोरोना संक्रमितको उपचारका लागि सम्बन्धित अस्पताललाई भेन्टिलेटरमा भर्ना हुने बिरामीका लागि प्रतिदिन १५ हजार, आईसियूमा रहेकालाई ७ हजार र जनरल वार्डका संक्रमितका लागि सरकारले ३ हजार पाँच ५०० उपचार खर्च दिन्छ। तर, सरकारसँग सम्झौता नभएका निजी अस्पतालले भने सरकारले तोकेभन्दा ५० प्रतिशत नबढाई शुल्क लिन पाउने व्यवस्था छ।

Laxmi sunrise bank
kumari

जसअनुसार निजी अस्पतालले भेन्टिलेटरमा भर्ना हुने बिरामीका लागि प्रतिदिन बढीमा २२ हजार ५ सय मात्रै लिन पाउने व्यवस्था छ। त्यस्तै आईसियूमा रहेका बिरामीका लागि १० हजार ५०० प्रतिदिन र जनरल वार्डका संक्रमितका लागि ४ हजार ७५० सय रुपैयाँ उपचार खर्च पाउनेछन्। 

बिरामीसँग पनि अस्पतालले सो भन्दा बढी रकम लिन पाउनेछैनन्। प्रवक्ता बास्तोलाले भने, ‘महामारीको समयमा हामीले सरकारले तोकेकै मूल्यमा उपचार गरेका छौं। मापदण्ड भन्दा बाहिर गएका छैनौं।'

प्रकाशित: May 05, 2021| 07:18 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्