काठमाडौं - भारतमा कोरोना भाइरसको आतंक बढिरहेका बेला सुरक्षाका लागि भन्दै एक व्यक्ति पीपीई लगाएर बिहेमा सरिक भएका छन्। भारतको उत्तराखण्डमा भएको बिहेमा ती व्यक्ति सरिक मात्रै भएनन्, जमेरै नाचे पनि।
कोरोना भाइरसको संक्रमण फैलने भन्दै बिहेमा समेत कम सर्वसाधारण सहभागी हुन थालेका छन्। बिहेमा पीपीई सेट लगाएर आई रमाइलो गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्।
बिहेमा सरिक भएका युवाले पूर्ण सुरक्षा मापदण्ड अपनाएको भन्दै उनको प्रशंसा भइरहेको छ।
भारतीय आईपिएस अधिकारी एचजीएस धालीवालले भिडियो सेयर गर्दै उनलाई एक असल मित्र भनेका छन्। पीपीई लगाएर नाचिरहेका उनी एम्बुलेस चालक भएको भारतीय सञ्चारमाध्यमले बताएका छन्।
A true friend! ? pic.twitter.com/KbmDqQtMfP
— HGS Dhaliwal (@hgsdhaliwalips) April 29, 2021