सोमबार, चैत ९, २०८२

दमरोगीले गर्नु हुँदैन यस्ता गल्ती

दम एक गम्भीर बिरामी हो। यो फोक्सोको श्वास मार्गसँग जोडिएको रोग हो। जसले गर्दा मानिसलाई श्वास लिन गाह्रो हुने गर्छ।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

दम एक गम्भीर बिरामी हो। यो फोक्सोको श्वास मार्गसँग जोडिएको रोग हो। जसले गर्दा मानिसलाई श्वास लिन गाह्रो हुने गर्छ।

National life

दम हुँदा श्वास नलि सुन्निने हुन्छ। जसले गर्दा श्वास मार्ग साँघुरिन पुग्छ। जब सुन्निने क्रम बढ्दै जान्छ तब श्वास फेर्न गाह्रो हुँदै जान्छ। जसले गर्दा छातिमा समस्या देखिन थाल्छ। 

लमका लक्षण

- पटक-पटक खोकी लाग्नु
- श्वास लिँदा सिट्टी बजे जस्तो आवाज आउनु
- छातिमा गह्रौं महसुस हुनु
- बेचैनी बढ्नु

बिरामीले ध्यान दिनुपर्ने कुरा

Laxmi sunrise bank
kumari

- चिसो र रुघाखोकीबाट जोगिने
- चिसो मौसममा चिसो ठाउँमा जानबाट जोगिने
- धुलोधुवाबाट जोगिने
- बाहिर जाँदा मास्कको प्रयोग गर्ने
- धुमपान नगर्ने र धुमपान गर्ने व्यक्तिबाट जोगिने

दमका बिरामीले गहुँको रोटी, पुरानो चावलको भात, जौ, मुङको दाल आदि खानुपर्छ। यसका अलामा दमरोगीले हरियो सागपात खानु राम्रो मानिन्छ। 

पालंग र गाजरको रसलाई पनि दमरोगीले खान सक्छन्। दम रोगीले लसुन, अदुवा, बेसार, र मरिचलाई खानामा सामेल गर्दा फाइदा पुग्छ। 

दमरोगीले धेरै मिठो, चिसो र दहीको सेवन गर्नु हुँदैन। किनकी यसको सेवनले श्वास्थ्यमा थप नकरात्मक असर पर्छ। यसका साथै तारेका खानेकुरा पनि खानु हुँदैन। कार्बोहाइड्रेड र बोसो युक्त चिजको सेवन पनि कम गर्नुपर्छ। यसरी हामीले ध्यान दिँदा केही हदसम्म दमको जोखिमबाट जोगिन सक्छौं।

प्रकाशित: May 05, 2021| 01:10 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्