आइतबार, साउन १०, २०८३

जापानमा बालबालिकाको संख्या ४० वर्षयताकै कम

पूर्वी एसियन राज्य जापानमा बालबालिकाको संख्या ४० वर्ष यताकै सबैभन्दा थोरै देखिएको सरकारी रेकर्डले देखाएको छ।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं – पूर्वी एसियन राज्य जापानमा बालबालिकाको संख्या ४० वर्ष यताकै सबैभन्दा थोरै देखिएको सरकारी रेकर्डले देखाएको छ। सरकारी तथ्यांक विभागलाई उदृत गर्दै क्यादो न्युजले जापानमा बालबालिकाको संख्या सबैभन्दा कम भएको जनाएको छ।

तथ्यांकअनुसार ४० वर्ष यता जापानमा बालबालिकाको संख्या लगातार गिर्दो अवस्थामा छ। जापानमा १४ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाको संख्या १४.९३ मिलियन रहेको छ। यो अप्रिल १ सम्मको तथ्यांक हो।.

यो संख्या अघिको वर्ष भन्दा एक लाख ९० हजारले कम हो। आन्तिरक मामिला तथा सञ्चार मन्त्रालयमा उपलब्ध तथ्यांकअनुसार यो १९५० यताकै सबैभन्दा कम हो।

त्यस्तै, जापानमा बालबालिकाको जनसंख्या पनि ११.९ प्रतिशतमा झरेको छ। पुरा जनसंख्यामा बालबालिकाको संख्यामा कमी आउन ४७ वर्ष अघिबाट सुरु भएको थियो। त्यसयता जापानमा जन्मदर बढेको रेकर्ड छैन।

विश्वभर चार करोडभन्दा धेरै जनसंख्या भएका देशको तुलनामा जापनामा सबैभन्दा कम जनसंख्या बालबालिकाको रहेको छ। जापानभन्दा माथि रहेको कोरियामा १२.२ प्रतिशत बालबालिका रहेका छन् भन इटालीमा १३.३ प्रतिशत बालबालिका छन्। यो यूनाइटेड नेसनले सार्वजनिक गरेको डेमोग्राफिल यियरबुकमा उपलब्ध जानकारी हो।

मन्त्रालयका अनुसार जापानमा अहिले १४ वर्षमुनिका ७६ लाख ५० हजार बालक र ७२ लाख ८० हजार बालिका रहेका छन्।

जापानमा सन् १९५४ मा देशको जनसंख्याको २९.८९ प्रतिशत बालबालिका रहेका थिए। त्यसपछि ७० को दशकसँग खासै कमि नआए पनि १९८२ बाट भने बालबालिकाको संख्यामा कमि देखिन थालेको हो।
 

प्रकाशित: May 05, 2021| 00:35 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।