सोमबार, असोज १२, २०८३

कर तिर्ने म्याद थप गर्न सरकारसँग चेम्बरको आग्रह

व्यवसायी तथा कर्मचारीहरू कार्यालयमा जान सक्ने अवस्था नरहेकोले कर तिर्नका लागि कठिन भएको चेम्बरको भनाइ छ। 
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले कर बुझाउने म्याद थप्न सरकारसँग आग्रह गरेको छ। कोभिड-१९ को दोस्रो भेरियन्टको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेध आदेशले उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेको कर चुक्ता गर्न समस्या रहेको भन्दै चेम्बरले यस्तो माग अघि सारेको हो।

व्यवसायी तथा कर्मचारीहरू कार्यालयमा जान सक्ने अवस्था नरहेकोले कर तिर्नका लागि कठिन भएको चेम्बरको भनाइ छ। 

‘सम्बन्धित कागजात पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकाले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौँ,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मासिक कर बुझाउनेहरुले हरेक महिना २५ गतेभित्र, त्रैमासिक कर बुझाउनेहरुको हकमा वैशाख २५ गतेभित्र कर बुझाउनुपर्ने व्यवस्था रहेको छ। 

प्रकाशित: May 04, 2021| 11:04 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्