सोमबार, असोज १२, २०८३

यूनाइटेड इन्स्योरेन्स  कम्पनीमा पहिलो महिला सीईओ

यूनाइटेड इन्स्योरेन्स  कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौैडेल नियुक्त भएकी छन्।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं- यूनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौडेल नियुक्त भएकी छन्।

उनी बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छन्। ३४ वर्षीया पौडेल हालसम्मकै कम उमेरमा बीमा कम्पनीको सीईओ बनेकी हुन्।  उनले भारतको दिल्ली विश्वविद्यालयबाट एम.बि.ए गरेर भारतमा नै  बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन्।

उनी यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन्।
 

प्रकाशित: May 04, 2021| 10:52 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्