मंगलबार, असोज २०, २०८३

बन्द भए आन्तरिक हवाई उडान 

सरकारले सबै आन्तरिक हवाई उडान बन्द गरेको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं - सरकारले सबै आन्तरिक हवाई उडान बन्द गरेको छ। मन्त्रिपरिषद्‍को निर्णयबमोजिम सोमबार रातिदेखि आन्तरिक उडान बन्द भएका हुन्। अर्को निर्णय नहुन्जेलसम्मका लागि आन्तरिक उडान स्थगित गरिएको हो ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको थियो। यस्तै भारतका सीमित उडानबाहेक अरु अन्तराष्ट्रिय उडान वैशाख २३ गते रातिबाट बन्द गर्ने निर्णयसमेत सरकारले गरिसकेको छ।

तर, आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने सरकारले अनुमति दिने भएको छ। बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान बन्द गरेको हो।

प्रकाशित: May 04, 2021| 02:46 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्