काठमाडौं- ई-कमर्स संघ नेपालले होम डेलिभरी सेवा सहज बनाइदिन सरकारसँग माग गरेको छ। महामारीको समयमा होम डेलिभरी (अनलाइन सपिङ) सेवा सहज बनाउन संघले माग गरेको हो।
हाल स्कुलदेखि विश्वविद्यालय बन्द भई विद्यार्थीहरु घरमै अध्ययन गर्न बाध्य भएको समयमा किताब एवम् स्टेसनरी सामानलाई पनि अत्यावश्यक वस्तुमा सूचीकरण गरी निर्बाध डेलिभरीको वातावरण बनाउनसमेत माग गरिएको छ।
सामान र सेवाहरू वितरण गर्दा भौतिक दूरी कायम गरिने, अनावश्यक भीडभाड नगरिने र सबै सुरक्षा प्रोटोकल पालना गरिने संघको भनाइ छ।