मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोना नियन्त्रणका लागि २ करोड ४० लाख खर्च गर्दै कोकाकोला

कोरोना नियन्त्रणका लागि २ करोड ४० लाख खर्च गर्दै कोकाकोला

'कोका-कोलाले यो संकटको सामना गर्नका निम्ति राष्ट्रको प्रयासलाई सहयोग पुर्‍याउन र फैलिएको महामारीलाई रोक्न २ करोड ४० लाख रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गर्दछ,' कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं- कोकाकोला नेपालले कोरोना रोकथाम तथा नियन्त्रण २ करोड ४० लाख रुपैयाँ खर्च गर्ने घोषणा गरेको छ। सोमबार कम्पनीले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको दोस्रो वेभको विनाशबाट राहत दिन २ करोड ४० लाख रुपैयाँ खर्च गरिने घोषणा गरेको हो। 

'कोका-कोलाले यो संकटको सामना गर्नका निम्ति राष्ट्रको प्रयासलाई सहयोग पुर्‍याउन र फैलिएको महामारीलाई रोक्न २ करोड ४० लाख रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गर्दछ,' कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

कोकाकोलाले खोप अभियानमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्री प्रदान गर्ने र खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्द्धन गर्न देशभरि जागरुकता फैलाउने प्रयास गर्ने जानकारी दिएको छ। 

कोभिड-१९ को महामारीको रोकथामका लागि कोका-कोला कम्पनीले विश्वव्यापी रुपमा 'स्टप द स्प्रेड' कोषको खडा गरेको छ। कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्न र खोप र स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्ने कम्पनीले बताएको छ। 

प्रकाशित: May 03, 2021| 15:43 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्