मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशबाट आउनेलाई १० दिन होटल क्वारेन्टाइन अनिवार्य, खर्च पनि आफै व्यहोर्नुपर्ने

विदेशबाट आउनेलाई १० दिन होटल क्वारेन्टाइन अनिवार्य, खर्च पनि आफै व्यहोर्नुपर्ने

प्राधिकरणले बिहीबार रातीदेखि एक सातासम्म लागू हुने गरी भारतबाहेकका सबै देशबाट उडान रोक्ने निर्णय भएकोसमेत जानकारी दिएको छ। तर भारतबाट भने सातामा दुई दिन एयर बबलमार्फत् उडान गरिनेछ। गन्तव्य देश र आगमन देशका मात्र नागरिकलाई उडान सेवा प्रदान गर्ने प्रणाली एयर बबल हो। 
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौँ- अब विदेशबाट आउनेलाई होटल क्वारेन्टाइन अनिवार्य गरिएको छ। नेपाल उड्ययन प्राधिकरणले सूचना जारी गर्दै विदेशबाट आउनेहरूका लागि १० दिन होटल क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेका होटलमा मात्र होटल क्वारेन्टाइन बस्नुपर्ने समेत प्राधिकरणले जानकारी दिएको छ। 

प्राधिकरणले बिहीबार रातीदेखि एक सातासम्म लागू हुने गरी भारतबाहेकका सबै देशबाट उडान रोक्ने निर्णय भएकोसमेत जानकारी दिएको छ। तर भारतबाट भने सातामा दुई दिन एयर बबलमार्फत् उडान गरिनेछ। गन्तव्य देश र आगमन देशका मात्र नागरिकलाई उडान सेवा प्रदान गर्ने प्रणाली एयर बबल हो। 

विदेशबाट आउने सबै यात्रुका लागि पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको र पोजेटिभ भएका यात्रु ल्याउने वायुसेवा प्रदायक कम्पनीले उक्त यात्रुको होटल क्वारेन्टाइनको खर्च व्यहोर्नुपर्ने समेत प्राधिकरणको सूचनामा उल्लेख छ। 

आन्तरिक उडान भने सोमबार मध्यरात देखिन बन्द भएका छन्। तर उद्धार उडान र कार्गो सेवाका उडान भने सञ्चालनमा रहने प्राधिकरणले जानकारी दिएको छ। 
 
प्रकाशित: May 03, 2021| 13:15 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्