आइतबार, वैशाख २७, २०८३

भारतको कर्नाटकमा अक्सिजन नपाएर १२ संक्रमितको मृत्यु

भारतको कर्नाटकस्थित चामाराजानगर जिल्लाको एक अस्पतालमा अक्सिजन नपाएर १२ कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

एजेन्सी- भारतको कर्नाटकस्थित चामाराजानगर जिल्लाको एक अस्पतालमा अक्सिजन नपाएर १२ कोरोना संक्रमितको मृत्यु भएको छ।

National life

मैसूरबाट ६० किलोमिटर टाढा रहेको उक्त अस्पतालले अक्सिजनको चरम संकट झेल्दै आएको छ।
चामाराजानगर इन्स्टिच्युट अफ मेडिकल साइन्सका चिकित्सकहरुले गरेको अथक प्रयासले पनि कोरोना संक्रमितको ज्यान जोगाउन नसकेको भारतीय सञ्चार माध्यमरुले जनाएका छन्।

मेडिकल कलेजका डिन डा.जीएम सञ्जीवले राति १२ बजेदेखि २ बजेको बीचमा अक्सिजनको प्रेसर कम भएको थियो। १२२ जना संक्रमितमध्ये १२ जना कोरोनासहित अन्य गम्भीर रोगबाट पीडित थिए। ‘हामीले अक्सिजन बढाएर दिने प्रयास गरेका त हौँ तर १२ जनालाई बचाउन सकेनौँ।’ उनले भने।

ती सबै बिरामी भेन्टिलेटरमा थिए। उनका अनुसार त्यो अस्पतालमा हरेक ३५ मिनेटमा १० सिलिण्डर अक्सिजनको आवश्यकता पर्छ। तर अक्सिजन पर्याप्त मात्रामा पाउनै सकिएको छैन।

त्यो बाहेक यस अस्पतालमा अन्य ११ जनाको मृत्यु भएको छ। उनीहरुलाई अक्सिजन दिइएको थिएन। अस्पतालले ११ जनाको मृत्युको कारण कोराना नभई अरु नै रहेको बताएको छ।

प्रकाशित: May 03, 2021| 09:15 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।