सोमबार, चैत ९, २०८२

स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई भन्याे- अक्सिजनको सहज व्यवस्थापन गर्नू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पतालहरूलाई निर्देशन दिएको छ। 
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पतालहरूलाई निर्देशन दिएको छ। 

National life

मन्त्रालयले कोभिड–१९ को संक्रमणको दोस्रो लहर बढेसँगै अक्सिजन अभाव हुन थालेपछि अस्पतालहरूलाई व्यवस्थापन गर्न निर्देशन दिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सबै अस्पताललाई पत्राचार गर्दै नयाँ भेरियन्टसहितको संक्रमणको दोस्रो लहर फैलिएसँगै जटिल अवस्थाका संक्रमितको उपचारका लागि अक्सिजन आवश्यक पर्ने भएकाले सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। 

उनले अस्पताललाई खाली सिलिन्डर मौज्दात  नराख्न, आफूसँग भएको सिलिन्डर समयमा नै भर्नसमेत आग्रह गरे। 

साथै मन्त्रालयले सर्वसाधारणलाई अक्सिजन सिलिन्डर अनावश्यक रुपमा जोखिम तरिकाले सञ्चित गर्न र प्रयोग गर्ने खालका गतिविधि हुन नदिनसमेत आग्रह गरेको छ। 

Laxmi sunrise bank
kumari

नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन्। ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्न सक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ।

केही अस्पतालमा लिक्युड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ। 

उनका अनुसार अहिले अस्पतालसँग ६ हजारभन्दा बढी र अक्सिजन बिक्रेतासँग दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता छ।

नेपालमा अक्सिजन ग्यास प्रशस्त भए पनि अक्सिजन सिलिन्डरको अभाव रहेको मन्त्रालयले जनाएको छ। रासस

प्रकाशित: May 03, 2021| 07:40 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्