सोमबार, चैत ९, २०८२

स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

सरकारले स्वास्थ्य संकटकाल लगाउनका लागि छलफल सुरु गरेको छ।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं - सरकारले स्वास्थ्य संकटकाल लगाउनका लागि छलफल सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण उच्च गतिमा फैलिएकाले त्यसालाई रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य संकटकालको आवश्यक देखिएको बताए।

National life

उनले सोही विषयमा निर्णय गर्न स्वास्थ्य मन्त्रालय तथा मन्त्रिपरिषद्‍मा छलफल सुरु गरिएको बताए। उनले भने, 'संकटकालका लागि छलफल सुरु भएको छ। तर, कहिलेदेखि लागू गर्ने? के-के गर्ने भन्ने अहिल्यै एकिन भएको छैन।’

यसअघि नै स्वास्थ्य संकटकाल लगाउन नेपाल चिकित्सक संघले विज्ञप्तिमार्फत आग्रह गरिसकेको छ। 

के हुन्छ स्वास्थ्य संकटकालमा? 

प्रवक्ता गौतमका अनुसार स्वास्थ्य संकटकालको समयमा सरकारले निजी क्षेत्रका संरचना (अस्पताल, होटल, पार्टीप्यालेस वा अन्य भवन) सामुदायिक संरचना तथा सम्पति अस्थायी रुपमा समय तोकेर प्रयोग गर्न पाउँछ। कून संरचना, बस्तु वा सेवा कति प्रयोग गर्ने भन्ने सरकारको मातहातमा रहन्छ।

Laxmi sunrise bank
kumari

त्यस्तै सरकारले आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न चाहेमा छोटो तरिकाबाट गर्न पाउँछ, लामो तथा टेण्डरको प्रकृयामा नगई स्वास्थ्य सामग्री सिधै खरिद गर्न पाउँछ। 

प्रवक्ता गौतमले भने, ‘आजै संकटकाल लगाउने भन्ने कुरा होइन यस विषयमा छलफल भइरहेको छ।’

प्रकाशित: May 03, 2021| 03:56 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्