मंगलबार, साउन १९, २०८३

फोक्सोलाई कसरी स्वस्थ राख्ने?

नेपालमा कोरोना भाइरसको दोस्रो लहरको चपेटामा थुप्रै नागरिक परेका छन्।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

नेपालमा कोरोना भाइरसको दोस्रो लहरको चपेटामा थुप्रै नागरिक परेका छन्। कोरोनाले मानिसको फोक्सोमा संक्रमण गर्छ। जसले गर्दा स्वास फेर्न गाह्रो हुने वा ज्यानै जाने जोखिम हुन्छ। यस्तो अवस्थामा कोरोनाबाट जोगिन बलियो फोक्सोको आवश्यकता छ।

फोक्सोलाई बलियो बनाउन खानपानमा ध्यान दिनुपर्छ। धुमपान जस्ता फोक्सोमा क्षति पुर्‍याउने चिजको सेवन गर्नु हुँदैन।

फोक्सोलाई बलियो बनाउन बेसारको प्रयोग गर्न सकिन्छ। हामी घरमै बेसारको आयुर्बेदिक लेप बनाउन सक्छौं। यसका लागि आधा चम्चा काचो हल्दी वा पाउडर, पाँच/छ लसुन, थोरै अदुवा र आधा प्याज चाहिन्छ।

बेसार, अदुवा, प्याज र लसुनको गाढा लेप बनाउनु पर्छ। त्यसपछि यो पेस्टलाई छातीमा लगाउनुपर्छ। र, लुगाले छातीलाई राम्रोसँग बाध्नुपर्छ। 

यो लेपलाई छातिमा लगाउँदा थुप्रै फाइदा हुन्छ। यसले फोक्सोमा भएका गाठागुठी ठिक गर्छ। निमोनियाबाट राहत दिन्छ। छाति भित्र जमेको कफलाई हटाउँछ। जसले गर्दा हाम्रो फोक्सो बलियो हुन्छ।

प्रकाशित: May 03, 2021| 02:24 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्