मंगलबार, साउन १९, २०८३

शिक्षकको तलब बढाउन मन्त्रीलाई एसएमएस पठाउँदै महासंघ

नेपाल शिक्षक महासंघले सरकारसँग सात बुँदे माघ अघि सार्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं – नेपाल शिक्षक महासंघले सरकारसँग सात बुँदे माघ अघि सार्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।महासंघले सरकारसँग यसअघि भएका सहमति र सम्झौता लागू गर्न, बालविकासका शिक्षकको तलब बढाउन, स्थायी, राहत, अस्थायी, करार, प्राविधिक धार लगायतका शिक्षकको न्यायोचित माग पूरा गर्न माग गरेको छ। 

यस्तै महासंघले शिक्षक–कर्मचारीलाई कोभिडविरुद्धको खोप लगाउन, कोभिड संक्रमित शिक्षक–कर्मचारीका लागि बिमा र निःशुल्क उपचारको व्यवस्था गर्न, संस्थागत विद्यालयमा भएको शिक्षक–कर्मचारी निष्कासन रोक्नुपर्ने माग गरेको छ। 

महासंघले आन्दोलनअन्तर्गत वैशाख २० गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा विगतका सम्झौतासहितको विरोधपत्र वुझाउने, २१ गते सातवटै प्रदेशको सामाजिक विकास मन्त्रीसमक्ष विरोधपत्रको छाया प्रति बुझाउने र देशभरकै शिक्षक तथा कर्मचारीले आफ्नो फेसबुकवालमा केन्द्रबाट पोस्ट गरिएको नारासहितको स्टिकर पोस्ट गर्ने कार्यक्रम तय गरेको छ। 

यस्तै २३ गते जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा छाया प्रति बुझाउने, २४ गते स्थानीय तहमा विरोधपत्र बुझाउने, २६ गते राजनीतिक दलका शिक्षा विभाग प्रमुखसँग अन्तरक्रिया गर्ने र सबै स्थानीय स्तरका जनप्रतिनिधिसँग आफ्ना माग राखी छलफल गर्ने कार्यक्रम छ।

३० गते शिक्षामन्त्रीको मोबाइल नम्बरमा शिक्षक कर्मचारीले बालकक्षाका शिक्षक र कर्मचारीको तलबवृद्धि गरियोस् भनेर एसएमएस गर्ने, सामाजिक सञ्जालमा सन्देश पठाउने, ३१ गते परिस्थिति हेरेर थप आन्दोलका कार्यक्रम सार्वजनिक गर्ने महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: May 02, 2021| 11:27 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्