बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीमा माओवादीको नेतृत्वमा सरकार बनाउन दाबी पेस

लुम्बिनीमा माओवादीको नेतृत्वमा सरकार बनाउन दाबी पेस

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष ४२ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन्। 
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

बुटवल– नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष ४२ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन्। 

National life

नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट केसीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष दाबी पेस गरेका हुन्।

नेकपा एमालेले बहुमत गुमाएकोले आफूहरुसँग बहुमत रहेको दाबी केसीको छ। हस्ताक्षर गरेका मध्ये तीन सांसदले भने राजीनामा दिएका छन्। एमालेका सांसद दीर्घनारायण पाण्डेले आफूले हस्ताक्षर नगरेको बताएका छन्।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नेकपा एमालेका शंकर पोखरेललाई नियुक्त गरिसकेका छन्। माओवादीसहितको चार दलीय गठबन्धनले भने बहमुत नभएको पार्टीबाट सरकार गठन हुन नसक्ने भन्दै उक्त नियुक्त बदर गर्न माग गरेको छ।

प्रकाशित: May 02, 2021| 11:08 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।