सोमबार, चैत ९, २०८२

कोरोनाबाट ज्यान गुमाउने शिक्षकलाई १० लाख सहयोग गर्न माग

स्थायी शिक्षक हकहित मञ्चले कोभिड–१९ का कारण ज्यान गुमाउने शिक्षकको परिवारलाई शान्त्वना स्वरुप १० लाख रुपैयाँ सहयोग गर्न सरकारसँग माग गरेको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्थायी शिक्षक हकहित मञ्चले कोभिड–१९ का कारण ज्यान गुमाउने शिक्षकको परिवारलाई शान्त्वना स्वरुप १० लाख रुपैयाँ सहयोग गर्न सरकारसँग माग गरेको छ।

मञ्चले विज्ञप्ति जारी गर्दै कोभिड–१९ बाट बिरामी परेका शिक्षकलाई दिएको १ लाख उपचार खर्चलाई निरन्तरता दिन, उपचार खर्च व्यवस्थापन गर्न, शिक्षकलाई विद्यालयमा जाने बाध्य पारिने कामलाई तत्काल बन्द गर्न, सुरक्षा मापदण्ड अपनाएर अनलाइन कक्षा सञ्चालन गर्न, वैकल्पिक विधिको प्रयोग गर्दै सिकाइलाई निरन्तरता दिन, शिक्षा र स्वास्थ्यको बजेटको आकार बढाउन, ऐनमार्फत् सम्पूर्ण शिक्षकको सेवा सुविधा र वैकल्पिक शिक्षाका माध्यमलाई प्राथमिकता दिन माग गरेको छ।

यस्तै मञ्चले दोस्रो चरणको संक्रमणबाट ज्यान गुमाउने शिक्षकहरु मनिषा थापा (बाँके), दुर्गा रेग्मी (बर्दिया), लोकराज भट्ट (कन्चनपुर), मन्जु केसी (कन्चनपुर), पार्वती न्यौपाने (बर्दिया), रुपा चटर्जी (बाँके), हरिभक्त रोकाय (जाजरकोट), धर्मानन्द ओझा (डडेल्धुरा), नवराज कालाथोकी (दाङ), घनश्याम चौधरी (नवलपरासी), बम बहादुर कुँवर (गुल्मी), काशी सिंह कार्की (कन्चनपुर) लगायतका शिक्षकलाई श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रकाशित: May 02, 2021| 08:59 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्