बिहीबार, फागुन २८, २०८२

बाइडेन नीतिप्रति प्योङयाङको 'कडा टिप्पणी'

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिप्रति 'कडा टिप्पणी' गरेको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं - उत्तर कोरियाले अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिप्रति 'कडा टिप्पणी' गरेको छ। उत्तर कोरियाको आणविक कार्यक्रमप्रति अमेरिकाले नयाँ नीति सार्वजनिक गर्ने तयारी गरिरहेका बेला बाइडेन प्रशासनप्रति प्योङयाङले टिप्पणी सार्वजनिक गरेको हो। 

National life

उत्तर कोरियाली विदेश मन्त्रालयले वासिंटनले 'शत्रुतापूर्ण नीति' अख्तियार गरेको टिप्पणी गरेको हो। गत साता मात्रै राष्ट्रपति बाइडेनले उत्तर कोरियाको आणविक कार्यक्रम विश्व सुरक्षाका लागि 'गम्भीर चुनौती' भएको बताएका थिए। 

ह्वाइट हाउसकी प्रवक्ता जेन पास्कीले गत शुक्रबार अमेरिकी नीतिमा समीक्षा गर्ने काम अन्तिम चरणमा पुगेको र आणविक कार्यक्रम रोक्नका लागि उत्तर कोरियामाथि गरिएका विगतका प्रयासका साथै विफलताका अनुभव समेटेर बाइडेनलाई सुझाव दिइएको बताएकी थिइन्। 'हामीले बनाएको नीतिमा 'ठूलो बार्गेन'को विषय पनि छैन, न त रणनीतिक धैर्यता नै,' पास्कीले भनेकी थिइन्। 

हालसम्म पनि उत्तर कोरियाले आधिकारिक रूपमा बाइडेनलाई अमेरिकी राष्ट्रपतिका रूपमा स्वीकार गरिसकेको छैन। राष्ट्रपतिमा निर्वाचित हुनुअघि चुनावी अभियानका क्रममा बाइडेनले उत्तर कोरियाली नेता किम जोङ उनलाई 'ठग' भएको आरोप लगाएका थिए। 

बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हाल्नुभन्दा केही दिनअघि मात्र किमले अमेरिका आफूहरूको 'ठूलो शत्रु' भएको बताएका थिए। बाइडेनअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने किमसँग तीन पटक भेट गरेका थिए। ट्रम्प किमलाई भेट्ने पहिलो अमेरिकी राष्ट्रपति हुन्। बीबीसी

Laxmi sunrise bank
kumari

प्रकाशित: May 02, 2021| 06:28 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।