सोमबार, चैत ९, २०८२

इम्युनिटी पावर कसरी बचाउने ?

अहिले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले पनि कम इम्युनिटी पावर भएका व्यक्तिलाई नै आक्रमण गर्ने गरेको अध्ययनहरूले प्रमाणित गरिसकेका छन्।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

कुनै पनि भाइरसबाट बच्न मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता अर्थात् इम्युनिटी पावर हुनु जरुरी हुन्छ। अहिले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले पनि कम इम्युनिटी पावर भएका व्यक्तिलाई नै आक्रमण गर्ने गरेको अध्ययनहरूले प्रमाणित गरिसकेका छन्। भाइरसको संक्रमणबाट बच्नका लागि इम्युनिटी पावर बढाउँदै लैजानुपर्ने तथ्य सार्वजनिक भएको छ।

National life

कोरोना महामारी फैलिएको दुई वर्ष लाग्नै लाग्दा सबैले इम्युनिटी पावर बढाउने कुरामा ध्यान दिन थालेका छन्। इम्युनिटी पावर नै भाइरस संक्रमणबाट बच्ने गतिलो हतियार सावित भएको छ। यसले कोरोनामात्रै नभई रोगहरुबाट समेत बचाउँछ।

उमेर बढ्दै गएपछि मानव शरीरमा रोगसँग लड्ने क्षमतामा ह्रास आउँदै जान्छ। जसका कारण शरीर कमजोर भई बिरामी हुने अवस्था आउँछ। 

विश्व नै यतिबेला कोभिड–१९ को चपेटामा छ। पहिलो चरणको भन्दा दोस्रो चरणको कोभिड शक्तिशाली रहेको विशेषज्ञहरुले बताइरहेका छन्।

यसले बालबालिका, युवा, वृद्धवृद्धा सबैलाई मारमा पार्ने भए पनि वृद्धवृद्धालाई बढी समस्यामा पार्ने तथ्यले देखाइसकेको छ।

Laxmi sunrise bank
kumari

इजरायलको टेक्नियोन इन्स्टिच्युट अफ टेक्नोलोजीका विज्ञ शाइसेन आरले इम्युनिटी पावर उमेरअनुसार घट्दै जाने भए पनि केहीको भने उमेरले फरक नपर्ने बताएका छन्। ८० वर्षका वृद्धको इम्युन पावर पनि ६२ वर्षका प्रौढको जति देखिएको उनको भनाइ छ। 

यसको एकमात्रै कारण हो– धुम्रपान तथा मद्यपान त्याग्ने र दैनिक व्यायाम गर्ने। इम्युनिटी पावरले हरेक रोगसँग लड्न सक्ने क्षमताको विकास गर्नुका साथै कोरोना भाइरसको संक्रमणलाई समेत निस्तेज पार्न सक्ने देखिएको छ।

कसरी बढाउने र बचाउने त इम्युनिटी पावर ?

इम्युन सिस्टमका दुई शाखा हुन्छन्। एक शाखा सेता रक्तकोषले बनेको हुन्छ, जसले हाम्रो शरीरको सुरक्षाको लागि काम गर्छ।

जन्मजात रोग प्रतिरोधात्मक क्षमता हाम्रो शरीरलाई सुरक्षित र स्वस्थ राख्न उत्तरदायी रहन्छ। हाम्रो शरीरमा कुनै जिवाणु पस्दा यो इम्युन सिस्टम एक्टिभ हुन्छ।

बेलायतको बर्मिघम विश्वविद्यालयको इन्स्टिच्युट अफ इफ्लेमेसन एण्ड एन्जिङका निर्देशक जेनेट लार्डले इम्युनिटी सिस्टममा रहेका न्युट्रोफिल्सका कारण जिवाणुलाई शरीरभित्र पस्न नदिने बताएका छन्।

यसले मोनोसाट्स इम्युन सिस्टमलाई व्यवस्थित गर्नुका साथै दोस्रो कोषलाई संक्रमणका विरुद्ध लड्न तयार गर्छ।

यसका साथै शरीरमा किलर सेल्स पनि रहन्छन्, जसले भाइरस तथा क्यान्सरसँग लडन सहयोग पुर्‍याउँछन्।  ‘मानव शरीर कमजोर हुँदै गएपछि इम्युन सिस्टमले विस्तारै काम गर्न छोड्छ र आफ्नो काम गर्न सक्दैन। जसका कारण अस्वस्थता बढ्दै जान्छ,’ प्रोफेसर लर्डले भनेका छन्।

यसका साथै शरीरमा एक अनुकूल प्रतिक्रियासमेत हुन्छ, जो टी र बी लिम्फोसाइट्सबाट बनेको हुन्छ। यसले विशेष प्रकारका रोगसँग लड्न मद्दत पुर्‍याउँछ। 

यसको प्रभाव देखिन केही दिन लाग्छ। तर एक दुई पटक शरीरमा पसिसकेपछि उसले जिवाणु याद राख्छ र लड्न तयार रहन्छ।

लर्ड थप्छन्, ‘जब शरीर बूढो हुँदै जान्छ, शरीरमा नयाँ लिम्फोसाइट्स घट्दै जान्छन्। तर कोभिड–१९ जस्ता नयाँ भाइरससँग लड्नका लागि यो महत्वपूर्ण हुन्छ।’

रोगसँग लड्नका लागि शरीरले पहिले पनि लिम्फोसाइट्स बनाएको छ र बुढेसकालमा त्यहि जीवाणु शरीरमा पस्यो भने ती लिम्फोसाइट्सले पहिले जस्तो गतिलो काम गर्न सक्दैनन्। अर्थात् रोगसँग लड्न सक्दैन।

यसरी बढ्दो उमेरसँग शरीरमात्रै कमजोर हुँदैन, यसले इम्युन सिस्सटमलाई समेत असर गर्छ। टी कोषमा कमी आउनुको प्रमुख कारण युवावस्थामा नै थाइमस खुम्चिन थाल्छ, जसले गर्दा ६०–७० वर्षपछि केवल तीन प्रतिशत टी कोषमात्रै बचेको हुन्छ।

रोगसँगा लड्न सक्ने र जानकारी दिने कोषमा कमी आउनुले रोगसँग लड्न सक्ने क्षमतामा ह्रास आउनुका साथै शरीर कमजोर र अस्वस्थ हुँदै जान्छ। बढ्दो उमेरसँगै रगतमा कमी आउनुका साथै शरीरमा सुजन हुन थाल्छ। 

उमेर बढ्दै गएपछि रोग तथा अन्य संक्रमणसँग लड्न सक्ने क्षमतामा कमी आउनुका साथै शरीरको शक्ति क्षीण हुँदै जान्छ। इम्युनिटी पावर बढाउनका लागि स्वस्थ सन्तुलित आहार विहारका साथै फलफूल र शारीरिक व्यायाम पनि जरुरी छ।

महामारीले सर्वसाधारणलाई स्वस्थ जीवन र महामारीबाट बच्नका लागि एम्युनिटी पावरको महत्वलाई बुझाएको छ। बढ्दै गएपछि यसबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्नेछ। बीबीसीबाट

प्रकाशित: May 02, 2021| 03:17 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्