बिहीबार, फागुन २८, २०८२

भारतबाट अमेरिका र अस्ट्रेलिया जान प्रतिबन्ध

भारतबाट अमेरिका आउन प्रतिबन्ध लगाउनेसम्बन्धी निर्णयमा राष्ट्रपति जो बाइडेनले शुक्रबार हस्ताक्षर गरेका छन्। अमेरिकी नागरिकलाई भने रोक नलगाइएको, तर उनीहरु आएपछि कम्तीमा १४ दिन क्वारेन्टिन बस्नु पर्ने व्यवस्था गरिएको पनि अधिकारीहरूले जनाएका छन्।
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

वासिंटन- भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ। भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिबन्ध लगाइएको हो। 

National life

भारतबाट अमेरिका आउन प्रतिबन्ध लगाउनेसम्बन्धी निर्णयमा राष्ट्रपति जो बाइडेनले शुक्रबार हस्ताक्षर गरेका छन्। अमेरिकी नागरिकलाई भने रोक नलगाइएको, तर उनीहरु आएपछि कम्तीमा १४ दिन क्वारेन्टिन बस्नु पर्ने व्यवस्था गरिएको पनि अधिकारीहरूले जनाएका छन्।

भारतबाट अमेरिका आउन प्रतिबन्ध लगाउने निर्णय मे ४ देखि लागू हुने र यो निर्णय अस्थायी भएको जनाइएको छ। अस्थायी भएपनि कहिलेसम्म लागू हुनेछ भन्ने अनिश्चित नै रहेको छ।

भारतमा दैनिक रूपमा ३ लाखभन्दा बढी संक्रमित हुन थालेका छन्। भारतको महामारी सर्ने डरले अन्य देशहरूले पनि भारतबाट आवागमनका लागि प्रतिबन्ध लगाएका छन्। 

अस्ट्रेलियाले त आदेश नमान्नेलाई ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको घोषणा गरेको छ। शनिबार घोषणा गरिएको यात्रा प्रतिबन्धसम्बन्धी निर्णयमा सरकारको निर्णय नमान्नेलाई जेल सजायको व्यवस्था गरिएको उल्लेख छ।

Laxmi sunrise bank
kumari

कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि भारतलगायतका कोरोनाभाइरसबाट अति प्रभावित मुलुकबाट आउनेहरूलाई आउन नदिने निर्णय गर्नु परेको सरकारी अधिकारीहरूको भनाइ छ। 

भारतबाट अस्ट्रेलिया आउन नपाइनेसम्बन्धी सरकारी निर्णय कार्यान्वयन भने आगामी सोमबारदेखि मात्रै हुने जनाइएको छ। अत्यावश्यक परेर आएकाहरूलाई पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् । 

भारतबाट आएका यात्रुहरूबाट कोरोनाभाइरस सर्न थालेको भन्दै सर्वत्र चासो व्यक्त भएपछि सरकारले भारतबाट अष्ट्रेलिया आउन रोक लगाइएको हो । 

प्रकाशित: May 01, 2021| 09:05 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।