आइतबार, वैशाख २७, २०८३

भारतीय एक अस्पतालमा आगलागी, १८ जनाकाे मृत्यु

स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको पुष्टि गरे।
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

काठमाडाैं - भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्स र कम्तीमा १६ कोभिड-१९ सङ्क्रमित बिरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्। 

National life

एशियाली यस मुलुकमा सङ्क्रमण दर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचको चार तलाको अस्पतालमा आगलागी भएको हो।

स्थानीय समयअनुसार शनिबार बिहान १ः०० बजे आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामी थिए। आगो केही समयपछि नियन्त्रणमा आएको थियो।

स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको पुष्टि गरे।

उनले भने, ‘आगलागी अस्पतालको आईसीयूमा रहेको तारमा समस्या आउँदा आगलागी हुन पुगेको प्राथमिक अनुसन्धानबाट थाहा हुन आएको छ।’

उक्त घटनामा अधिकांश व्यक्तिको निस्सासिएर श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितपरिवारजनप्रति समवेदना प्रकट गरेका छन्। - रासस/एएफपी

प्रकाशित: May 01, 2021| 06:35 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।