सोमबार, चैत ९, २०८२

शुक्रबार परीक्षण भएकामध्ये ३६ प्रतिशत कोरोना संक्रमित

शुक्रबार कुल परीक्षणको करिब ३६ प्रतिशतमा कोरोना संक्रमण भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यवाधिक गरेको विवरण अनुसार शुक्रबार देशमा संक्रमण दर ३५.९८ रहेको देखिएको हो।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं- शुक्रबार कुल परीक्षणको करिब ३६ प्रतिशतमा कोरोना संक्रमण भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यवाधिक गरेको विवरण अनुसार शुक्रबार देशमा संक्रमण दर ३५.९८ प्रतिशत रहेको देखिएको हो।

National life

शुक्रबार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ९१६ जनाको परीक्षण भएको थियो। यीमध्ये ५ हजार ७२७ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो। 

पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमण दर वृद्धि हुँदै आएको छ। बिहीबार ३८.३५ प्रतिशत संक्रमण रहेको थियो। १० प्रतिशतभन्दा बढी संक्रमण दर भेटिए परीक्षणको अभाव रहेको मानिने जनस्वास्थ्यविद्हरू बताउँछन्। 

मन्त्रालयका अनुसार शुक्रबार १५ हजार ३९१ जनाको पीसीआर र ५२५ जनाको एन्टिजेन परीक्षण भएकोमा ५ हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको हो। 

जसमध्ये ५ हजार ६५७ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ७० जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 

Laxmi sunrise bank
kumari

हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ९२८ रहेको छ।

पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ। हालसम्म ३ हजार २७९ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: Apr 30, 2021| 10:47 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्