सोमबार, चैत ९, २०८२

भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख १२ गते अस्पताल भर्ना भएका थिए। उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

National life
Laxmi sunrise bank
kumari

चितवन- भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष छन्।

अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख १२ गते अस्पताल भर्ना भएका थिए। उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको हो।

यस्तै, नवलपारसीको देवचुलीका पुरुषको पनि शुक्रबारै मृत्यु भएको छ। लडेर घाइते भएर उपचारका लागि वैशाख १२ गते अस्पताल आएका उनमा १३ गते कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा शुक्रबार बिहान ७ः३० बजे मृत्यु भएको हो।

प्रकाशित: Apr 30, 2021| 09:08 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्