बिहीबार, फागुन २८, २०८२

भारतका चर्चित पत्रकार रोहित सरदानाको निधन

भारतका चर्चित टेलिभिजन पत्रकार रोहित सरदानाको निधन भएको छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

एजेन्सी- भारतका चर्चित टेलिभिजन पत्रकार रोहित सरदानाको निधन भएको छ।

National life

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका पत्रकार रोहितको आज (शुक्रबार) बिहान हृदयघातबाट निधन भएको हो।

कोरोना संक्रमणको रिपोर्ट भने नेगेटिभ आइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतका ठूला सञ्चारमाध्यमहरुमा लामो समय टेलिभिजन पत्रकारित गरेका रोहितको निधनले सञ्चार क्षेत्र दुःखी बनेको छ।

४० वर्षीय रोहितले २४ अप्रिलमा एक ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको बताएका थिए।

Laxmi sunrise bank
kumari

त्यतिबेला उनले आफूलाई एक हप्तादेखि ज्वरो लगायतका लक्षण देखिएको र आरटीपीसीआर गर्दा कोरोना नेगेटिभ देखिएको तर सीटीस्क्यान गर्दा कोरोना पुष्टि भएको बताएका थिए।

उनले आफ्नो अवस्थामा धेरै सुधार भएको भन्दै सबैलाई खाफ्नो स्वास्थ्यको ख्याल राख्न सुझाव दिएका थिए। तर त्यसको ६ दिनपछि उनको निधन भएको हो।

केहीबेर अघि जी न्यूज टीभीका सम्पादक सुधिर चौधरीले रोहितको निधन भएको पुष्टि गरेका हुन्।

उनको निधनप्रति भारतीय जनता पार्टीका नेता, मन्त्री एवम् विभिन्न राजनीतिक दलका नेताहरुले पनि दुःख व्यक्त गरेका छन्।

प्रकाशित: Apr 30, 2021| 08:26 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।