काठमाडौं– बिमा समितिले जीवन तथा निर्जीवन बिमा कम्पनीहरुलाई निषेध आदेश अवधिभर अनलाइनमार्फत बिमालेख जारी गर्न निर्देशन दिएको छ। समितिले सर्कुलर जारी गर्दै इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई उक्त निर्देशन दिएको हो।
तर बिमालेख अनलाइनबाट जारी गर्दा अनिवार्य रुपमा बिमा समितिबाट जारी भएका ऐन नियम र निर्देशिकाका साथै बिमकको अन्डराइटिङ म्यानुएलको अधिनमा रहनुपर्छ।
बिमालेखको प्रस्ताव फारम अनलाइनमार्फत भराउने र पर्याप्त रुपमा बिमा जोखिमाङ्कन गरी बिमालेख जारी गर्न सकिने समितिले जनाएको छ। ।
अनलाइनबाट नवीकरण गर्न सकिने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ।
