आइतबार, असोज ११, २०८३

सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। हिजो बिहीबार प्रतितोला ३०० रुपैयाँ बढेर ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँ घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ८५० रुपैयाँ घटेर ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको सँगै चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १ हजार ३१५ रुपोयँमा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Apr 30, 2021| 06:34 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्