काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यवसायीले सामानको मूल्य तोकिएको भन्दा बढी लिएमा सूचना दिन आग्रह गरेको छ। विभागले सूचना जारी गर्दै व्यवसायीले तोकिएको भन्दा बढी मूल्य लिएमा ११३७ मा फोन गरी विभागमा उजुरी गर्न आग्रह गरेको हो।
सरकारले बिहीबार देखि काठमाडौं उपत्यकाका ३ सहितका विभिन्न जिल्लामा निषेध आदेश जारी गरिएकाले यो अवधिमा ठगी हुने आशंकमा विभागले खबर गर्न आग्रह गरेको हो।
बजारमा अत्यावश्यक वस्तु पर्याप्त मात्रामा रहेको जानकारी गराउँदै विभागले अनावश्यक सञ्चय नगर्न समेत उपभोक्तालाई आग्रह गरेको छ।
कसैले अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।
