शनिबार, वैशाख २७, २०८२

फेरि सिथिल भयो पर्यटन क्षेत्र, आउनै छाडे पर्यटक

दोस्रो लहरको कोरोना सुरु भएसँगै नेपाल आउने विदेशी पर्यटकको संख्या अत्यन्त न्यून छ। 
 |  बिहीबार, वैशाख १६, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बिहीबार, वैशाख १६, २०७८

vianetvianet

काठमाडौं- पहिलो लहरको कोरोना कहरका कारण नेपालको पर्यटन क्षेत्र नराम्ररी थला पर्‍यो। यद्यपि पहिलो चरणको लकडाउनको अन्त्यसँगै पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको थियो। तर दोस्रो लहरको कोरोनाले फेरि यो क्षेत्र थलिएको छ। 

triton college

यो पर्यटक आगमन हुने सिजन हो। तर दोस्रो लहरको कोरोनाका कारण पर्यटक आउन रोकिएपछि यस क्षेत्रमा निराशा बढेको पर्यटन व्यवसायी नवराज सुवेदी बताउँछन्।

‘बाह्य पर्यटकको आगमन कम भए पनि आन्तरिक पर्यटक बढेसँगै आशा पलाएको थियो। तर, फेरि बढेको संक्रमण र लकडाउनका कारण व्यवसायमाथि नै बज्रपात परेको छ।’सुवेदीले भने।ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदी कोरोनाको दोस्रो लहरले ब्युँतिन लागेको पर्यटन क्षेत्रलाई फेरि मुर्छित बनाएको टिप्पणी गर्छन्। ‘एक वर्षदेखि थलिएको पर्यटन व्यवसाय आन्तरिक पर्यटनले केही राहत दिएको थियो। विदेशी पर्यटक आउने क्रम सुरु भएको थियो। तर कोरोनाको दोस्रो लहरले पुनः धक्का लागेको छ,’ उनले भने।

उनका अनुसार पछिल्लो केही महिनायता खोप लगाएका विदेशी पर्यटकहरु नेपाल आउनका लागि बुक गराइरहेका थिए। साथै इन्क्वाइरी पनि आइरहेको थियो। तर, कोरोनाले अहिले सबै बुकिङ रोकिएको छ। 

नेपाल पर्यटन बोर्डका अनुसार पर्यटन क्षेत्रले कोभिड पछाडि हरेक महिना १० अर्ब घाटा बेहोर्नु परेको छ। कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्र अहिले सिथिल अवस्थामा पुगेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। दोस्रो लहरको कोरोना सुरु भएसँगै नेपाल आउने विदेशी पर्यटकको संख्या अत्यन्त न्यून छ। 

National life insurance

बोर्डका अनुसार सन् २०२० को जनवरीदेखि हरेक महिना नेपाल आउने पर्यटकको संख्या घट्दै गएको थियो। २०२० को जनवरी ७९ हजार ७०२ जना विदेशी पर्यटक नेपाल आएकोमा डिसेम्बरमा ४ हजार २४५ जना मात्रै आएका थिए। 

२०२१ को जनवरीबाट नेपाल आउने पर्यटकको संख्या बढ्दै गएको थियो। जनवरीमा ८ हजार ८७४, फेब्रुरीमा ९ हजार १४६ र मार्चमा १४ हजार ९७७ जना नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ। 

तर, अप्रिलबाट दोस्रो लहरको कोरोना सुरु भएसँगै पर्यटक आउने क्रम स्वाट्टै घटेको लामिछानेले जानकारी दिए। उनका अनुसार अहिले फाट्टफुट्ट मात्रै पर्यटक आइरहेका छन्। 

नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल प्रवेश गरेका थिए। तर कोरोनाका कारण सन् २०२० मा ९ लाख ६७ हजारले घटेर जम्मा २ लाख ३० हजार ८८ पर्यटकले मात्रै नेपाल भ्रमण गरे।

सन् २०२० मा कुन महिना कति आए पर्यटक ? 

जनवरीमा ७९ हजार ७०२ जना

फेब्रुरीमाा ९८ हजार १९० जना

मार्चमा ४२ हजार ७७६ जना

अप्रिलमा १४ जना 

मे मा ३१ जना

जुनमा १०२ जना

जुलाइमा १९६ जना

अगष्टमा २६७ जना

सेप्टेम्बरमा ५८४ जना

नोबेम्बरमा १ हजार ९५६ जना

डिसेम्बरमा ४ हजार २४५ जना

प्रकाशित: Apr 29, 2021| 14:21 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्