आइतबार, असोज ११, २०८३

‘उबर’ लिएर आए दीपक प्याकुरेल

आख्यानकार दीपक प्याकुरेलको उपन्यास ‘उबर’ बजारमा आएको छ। डायस्पोरिक भावको उपन्यास ‘उबर’ अमेरिकी भूमिबाट स्वदेश सम्झेर लेखिएको प्याकुरेलको नवीन कृति हो।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं– आख्यानकार दीपक प्याकुरेलको उपन्यास ‘उबर’ बजारमा आएको छ। डायस्पोरिक भावको उपन्यास ‘उबर’ अमेरिकी भूमिबाट स्वदेश सम्झेर लेखिएको प्याकुरेलको नवीन कृति हो।

लामो समयदेखि अमेरिकालाई कर्मभूमि बनाएका प्याकुरेल हाल नेपाली साहित्यमा पूर्णकालीन लेखकको रुपमा साधनारत छन्। मूलतः आख्यानमा कलम चलाउने प्याकुरेलको पहिलो उपन्यास नै उबर हो। यसमा प्रयुक्त रोचक एवं मार्मिक कथा र कलात्मक भाषा–शैलीका कारण हरेक पाठकका लागि रुचिकर बनेको प्रकाशक शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले बताए। 

उपन्यासमा रहर वा बाध्यतावश विदेशिने नेपालीको मनोविज्ञान सशक्त भएर आएको छ। विदेशी भूमिबाट देखिने नेपाल, नेपालीपन र त्यहाँको भोगाइलाई नजिकबाट छोएर उपन्यासको कथावस्तु बुनिएको छ। एउटा नेपाली कसरी विदेश पुग्छ र कसरी त्यहीँ बस्न बाध्य हुन्छ, अनि उसमा डायस्पोरिक भावना ओतप्रोत भएर आउँछ भन्ने कुरा उबर उपन्यासले पस्केको छण्। 

अमेरिकी भूमिबाट लेखिए पनि उपन्यासको मुख्य परिवेश नेपाल र नेपाली समाज नै हो। नेपालको सहरदेखि ग्रामीण परिवेश हुँदै अमेरिकाको ज्याक्सन हाइटसम्म तन्किएको छ। विगतमा नेपाली समाजले भोगेको सशस्त्र द्वन्द्व र त्यसले निम्त्याएको परिणतिलाई यसले पक्रन खोजेको छ। मूलतः उपन्यासमा एक सैनिक अधिकृतको मनोदशा राम्रोसँग उजागर भएको सम्पादन हाउसका दीपक नेपालले बताए।

उनका अनुसार विद्रोहीसँगको मोर्चामा विजय हासिल गरेर पदोन्नति हुने एक सैनिक अधिकृत मुलुकमा शान्ति सम्झौतापश्चात भने आफ्नै मनोद्वन्द्वले पिल्सिन पुग्छ। अन्ततः ऊ देश छोड्न बाध्य हुन्छ र अमेरिकी भूमितिर पलायन हुन्छण्। स्वदेशमा शानदार कर्णेल पदको फूली भिर्ने उक्त पात्र अमेरिकी भूमिमा भने उबर (एक प्रकारको ट्याक्सी सेवा) ड्राइभर बनेर दैनिकी चलाउन थाल्छ। तर, समय बित्दै जाँदा उसलाई स्वदेशको यादले लखेट्दै जान्छ र जतिसुकै भौतिक सम्पन्नताका बीच जीवन बिताए पनि मनमा भने शान्ति हुँदैन। यही डायस्पोरिक भाव नै उपन्यासको सशक्त पक्ष हो।

द्वन्द्वकालमा भएको नेपाली सेना र विद्रोही माओवादी लडाकुका बीचको दोहोरो भिडन्त मात्र हैन, सामाजिक भिडन्तलाई पनि उपन्यासले यथार्थवादी कोणबाट प्रस्तुत गरेको छ। 

आफ्नो देश छाडेर सपनाको देश अमेरिका पुगेपछि हरेक पल नेपाल सम्झने तर विविध कारणवश पुनः नेपाल फर्कन नसक्ने मार्मिक कथावस्तु उबर उपन्यासले समेटेको छ। नेपाल फर्किने र अमेरिकामै रहने भन्ने पारिवारिक द्वन्द्वका उपन्यास गतिशील बनेको छ। देशको न्यास्रो मेट्न अमेरिकामा रहेका नेपालीहरुले ज्याक्सन हाइट (र, नेपाली भान्छाघर) लाई नै नेपाली समाजको प्रतिनिधि परिवेश बनाइएको छ। 

उपन्यास सम्पादन हाउसको सहकार्यमा काठमाडौँबाट शिखा बुक्सले प्रकाशित गरेको हो। ज्ञानज्योति पब्लिकेशन मुख्य वितरक रहेको यस कृतिको मूल्य रु.२७५ छ।
 

प्रकाशित: Apr 28, 2021| 12:10 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।