आइतबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेका वडाध्यक्षहरुको प्रशिक्षणमा ओलीले भने- १५ गते राजावादीको कार्यक्रमलाई निस्तेज पार्नू

एमालेका वडाध्यक्षहरुको प्रशिक्षणमा ओलीले भने- १५ गते राजावादीको कार्यक्रमलाई निस्तेज पार्नू

 |  आइतबार, जेठ ११, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०८२

vianetvianet

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही जेठ १५ गतेका लागि राजावादीहरूले आह्वान गरेको आन्दोलन निस्तेज पार्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। 

नेकपा एमाले बागमती प्रदेश समितिले आइतबार आयोजना गरेको वडाध्यक्षहरूको प्रशिक्षण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले जेठ १५ गते तथाकथित राजावादीहरूले प्रदर्शन तय गरेको भन्दै त्यसविरुद्ध एमाले जुट्नुपर्ने बताए। उनले भने, ‘हामी पार्टीका सिपाही जस्ता हौं। सिठीको भरमा हामी तयार हुनुपर्छ। हाम्रा हरेक क्षेत्रमा भोलेन्टियर तयार गर्नुपर्छ। भोलेन्टियर खाली पानी बाँड्ने मात्र होइन। देशको रक्षा गर्न पनि चाहिन्छ। लोकतन्त्रको रक्षा गर्न चाहिन्छ। संविधानको रक्षा गर्न चाहिन्छ। सरकारको र पार्टीको रक्षा गर्न चाहिन्छ।’ 

जेठ १५ गतेका लागि तयारी थाल्न पनि उनले निर्देशन दिए। ‘म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। यहाँबाट उठ्नेबित्तिकै १५ गतेको तयारी थाल्नुस्। १५ गते केके गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ’, प्रधानमन्त्री ओलीले भने। 

त्यो दिन बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा एमालेको नियन्त्रण हुनुपर्ने उनले बताए। प्रधानमन्त्री ओलीले आन्दोलनमा कुनै पनि प्रोटोकल लागू नहुने पनि बताए। ‘आन्दोलनमा यो प्रोटोकल स्रोटोकलको कुरा हुँदैन । यहाँ सभा गर्ने, बैठक गर्ने ठाउँमा पो यता र यता छ । आन्दोलनमा पनि यता र यता हुन्छ र ? सबै एकैतिर,’ ओलीले भने।

राजावादीहरू कुनै महान् उद्देश्यका लागि नलडेको बताउँदै उनले सरकार मौन भएको बेलालाई फाइदा लिएर उनीहरू अनावश्यक फूर्ति गरिरहेको बताए। उनले भने, 'यिनिहरू कुनै महान् उद्देश्यका लागि लडिरहेका छैनन् । साना स्वार्थका लागि सरकार अलि मौन बसेको, जनता अलि मौन बसेको अवस्था हो । त्यो अवस्थाको फाइदा लिएर यिनिहरूले अनावश्यक फूर्तिफार्ति देखाएका छन्।’
 

National life insurance

प्रकाशित: May 25, 2025| 15:35 आइतबार, जेठ ११, २०८२
प्रतिक्रिया दिनुहोस्