शनिबार, असार ६, २०८३

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

 |  आइतबार, जेठ ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०८२

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन्।

National life

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताको विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन्। बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने भएको छ ।

महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे जानकारी गराउन बैठक डाकिएको हो। थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन्।

पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।

पार्टीका गृहमन्त्री रमेश लेखक घूस प्रकरणमा जोडिएको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। पार्टीका कतिपय नेताहरुले मन्त्री लेखकको राजीनामा मागिरहेका छन्।

Shivam cement

प्रकाशित: May 25, 2025| 12:05 आइतबार, जेठ ११, २०८२
प्रतिक्रिया दिनुहोस्