काठमाडौं– सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानान्तरण गरेको छ। स्थानान्तरित खुरखुरे शाखाको उद्घाट राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरिन्। हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरिएको थियो।
करिब साढे पाँच लाख ग्राहकलाई ११४ शाखाहरु, ९ एक्सटेन्सन काउन्टरहरु, ८९ एटियममार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंककोे हालसम्म करिब रु. ८९ अर्ब निक्षेप परिचालन गरी करिब रु. ८३ अर्ब कर्जा लगानी गरिसकेको छ।