आइतबार, असोज ११, २०८३

मनकामना केबुलकार बन्द गर्न हुँदैन : सरोकारवाला

 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं– जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको भन्दै स्थानीय व्यवसायी तथा यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन्। 
मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनहरूलाई बाहिरबाट नै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पूजा चलाईरहेको अवस्थामा केबुलकारलाई बन्द गर्नु असान्भर्दिक रहेको उनीहरुको भनाइ छ । 
हाल नेपाल सरकारको निर्णयानुसार मन्दिरहरूमा नित्य पुजा, ध्यान तथा प्रार्थना मात्र गर्ने गराउने आदेश भएको र सार्वजनिक यातायातमा समेत स्वासथ्य मापदण्ड तोकि चलाउने व्यवस्था भएको छ। केबुलकारमा समेतमा यही लागू हुने समेत सरोकारवालाको बुझाइ छ।
मन्दिर बन्द गर्दैमा केबुलकार बन्द गर्नु भन्ने जिल्ला प्रसाशन कार्यालय गोर्खाको मौखिक आदेश नेपाल सरकारको आदेशसँग बाझिएको मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले बताए। ‘मन्दिर बन्द हुँदैमा मनकामना क्षेत्रमा नै प्रवेश निषेध गर्नु न्यायोचित नहुनुका साथै मानव अधिकारमा र व्यवसायिक अधिकारमा ठाडो हस्तक्षेप हो,’ श्रेष्ठले भने।
उनले तोकिएको स्वास्थ मापदण्ड पालना गर्ने र सचेत रहने कुरामा जोड दिँदै केबुलकार सञ्चालन गर्न पाउनुपर्ने तर्क गरेका छन् ।
 

प्रकाशित: Apr 28, 2021| 07:10 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्