आइतबार, असोज ११, २०८३

नेवानिको टिकटमा ‘क्यूआर स्क्यान’ प्रणाली सुरु

 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं– नेपाल वायुसेवा निगम र नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआरस्क्यान ‘क्यूआर स्क्यान’ प्रणाली आजदेखि प्रारम्भ भएको छ।

निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकाबीच निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा सो कार्यको शुरुवात गरे।

निगमका महाप्रवन्धक पौडेलले बदलिँदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन् बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरु जोड्दै जाने बताए। उनले नेपालको पहिलो बैंकसँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालिमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यसबाट दुर्गम र गाउँ गाउँबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने बताए।

सो अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागिता सहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा प्रसन्नता व्यक्त गरे। भविष्यमा उल्लेखनीय एवम् स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित: Apr 28, 2021| 07:07 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्