आइतबार, असोज ११, २०८३

सनराइज बैंकले कर्पोरेट पे प्रणाली प्रदान गर्ने

 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं– सनराइज बैंकले आफ्नो संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्।

बैंकले आफ्ना व्यावसायिक ग्राहकलाई प्रदान गर्ने उक्त डिजिटल प्लेटफर्ममार्फत बैंकमा नगई आफैँले फन्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु स्वतः खाताबाटै सजिलै गर्न सक्नेछन्।
 

प्रकाशित: Apr 28, 2021| 07:02 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्