बिहीबार, असार २६, २०८२

एमालेद्वारा गण्डकी प्रदेशसभा अवरुद्ध

नेकपा एमालेले गण्डकी प्रदेशको चालू विशेष अधिवेशनको दोस्रो बैठक अवरुद्ध गरेको छ।
 |  मंगलबार, वैशाख १४, २०७८
nespernesper

विभु भुसाल

विभु भुसाल

मंगलबार, वैशाख १४, २०७८

vianetvianet

पोखरा– नेकपा एमालेले मंगलबार गण्डकी प्रदेशको चालू विशेष अधिवेशनको दोस्रो बैठक अवरुद्ध गरेको छ। एमाले सांसद राजीव पहारीले कोरोनाको महामारीका बेला पीसीआर टेस्ट नगरी संसद् चलाइएको भन्दै वैठक रोक्न माग गरेपछि एमाले सांसद बसेको सिटबाट उठेका थिए। 

एमाले सांसद सिटबाट उठेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटको लागि बैठक स्थगित गरेका छन् । बैठक अवरुद्ध गर्नुको कारण पीसीआर जाँच भनिए पनि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि हुने छलफल  अल्मल्याउन एमालेले सदन अवरुद्ध गरेको विपक्षीको आरोप छ। 

एमाले गण्डकी प्रदेश संसदीय दलका मुख्य सचेतक मायानाथ अधिकारीले पीसीआर नभएको भन्दै संसद् अवरुद्ध गर्ने बताउँदै आएका थिए। आफूमाथि अविश्वास प्रस्ताव टेबुल भएपछि मुख्यमन्त्री गुरुङ सत्ता जोगाउने अन्तिम कसरतमा लागेका छन् । उनले विपक्षी दलहरुसँगको कुराकानी घनीभूत पारेका छन्। 

सोमबार टेबुल भएको अविश्वासको प्रस्तावमा मंगलबार पक्ष विपक्षमा छलफल हुने र बुधबार मतदात हुने संसदको कार्यसूची छ।

प्रकाशित: Apr 27, 2021| 07:05 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।