सोमबार, चैत ९, २०८२

देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्‍को निर्णय

'भर्चुअल माध्यमबाट मात्रै सबै विद्यालयलाई कक्षा सञ्चालन गर्न निर्देशन भएको हो,’ मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले भने।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौँ- सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएकाले यसको जोखिम न्यूनीकरणका लागि मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्म देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

National life

'भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नगर्न निर्देशन गर्ने निर्णय क्याबिनेटले गरेको छ। भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न भनिएको हो,’ मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले भने।

यसका साथै पहाडी क्षेत्रका जिल्लामा २ सय र सहरी क्षेत्रका जिल्लामा ५ सय जना सक्रिय संक्रमित भए निषेधाज्ञा जारी गर्ने निर्णय समेत जिल्ला प्रशासन कार्यालयहरूले गर्न सक्ने समेत निर्णय गरिएको ती मन्त्रीको भनाइ छ।  

यसअघि सीसीएमसीले सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। सोअनुसार सबै विश्वविद्यालयहरूले परीक्षा स्थगित गरेको सूचना पनि जारी गरिसकेका छन्। 

सोमबार नै काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बेठकले वैशाख १६ देखि एक साताका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 26, 2021| 15:34 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्